सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम नबिल बैंक पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेप्से परिसूचक लगातार दोस्रो दिन घट्यो, कारोबार रकम पनि खुम्चियो

जलसरोकार
बुधबार, वैशाख ३०, २०८३ | १५:३६:४७ बजे

 

काठमाडाैं : नेप्से परिसूचक बुधबार पनि घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार ओरालो लागेको बजारले यस दिन पनि गिरावटको क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ४ दशमलव १५ अंकले घटेर २७४० दशमलव २५ विन्दुमा झरेको छ। साथै सेन्सेटिभ इण्डेक्स ० दशमलव ७० अंक, फ्लोट इण्डेक्स ० दशमलव ३६ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव २६ अंकले घटेका छन्।

बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ। बुधबार ३३९ वटा कम्पनीको ४२ हजार १७६ पटकको कारोबारमा ५६ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ८० करोड ७४ लाख ४६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

यस दिन एशियन हाइड्रोपावर लिमिटेड को शेयरमूल्य सर्वाधिक ११ दशमलव ४२ प्रतिशतले बढेको छ। त्यस्तै एसवाई प्यानल नेपाल लिमिटेड को शेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यता धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड को शेयरमूल्य सर्वाधिक ११ दशमलव १७ प्रतिशतले घटेको छ भने झापा इनर्जी लिमिटेड को शेयरमूल्य करिब साढे ९ प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल लिमिटेड शीर्ष स्थानमा रह्यो। कम्पनीको २७ करोड ७९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसपछि रिडी पावर कम्पनी लिमिटेड को करिब १० करोड रुपैयाँ र साहस ऊर्जा लिमिटेड को साढे ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूह मात्रै हरियालीमा बन्द भएका छन्। व्यापार उपसमूह सर्वाधिक १ दशमलव ५० प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन उपसमूह पनि सामान्य अंकले बढेको छ। अन्य अधिकांश उपसमूह भने घटेर बन्द भएका छन्।

 

प्रकाशित मिति : बुधबार, वैशाख ३०, २०८३ | १५:३६:४७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया