घट्यो सेयर बजार, नेप्से परिसूचक २५.४१ अङ्कले घटेर २ हजार ६७ बिन्दुमा कायम
जलसरोकार
काठमाडौँ,: यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५ दशमलव ४१ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ६७ बिन्दुमा कायम भएको हो ।
आज तीन सय एक कम्पनीको ८० लाख ८१ हजार छ सय ३१ कित्ता शेयर ४६ हजार छ सय १४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू तीन अर्ब ९९ करोड ७९ लाख नौ हजार तीन सय २३ मा खुम्चिएको छ । सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा बढी वित्त समूह तीन दशमलव ६० र विकास बैंक समूह एक दशमलव ६० प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ८६, होटल तथा पर्यटन शून्य दशमलव ७७, जलविद्युत् एक दशमलव ४४, लगानी शून्य दशमलव ३९ र जीवन बिमा समूह शून्य दशमलव १२ प्रतिशतले घटेको छ ।
उत्पादन तथा प्रशोधन एक दशमलव ३६, लघुवित्त शून्य दशमलव ८७, म्युचुअल फण्ड शून्य दशमलव ४२, निर्जीवन बिमा शून्य दशमलव ७३, व्यापार शून्य दशमलव १० र अन्य समूह शून्य दशमलव ६० प्रतिशतले घटेको छ । आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रू २० करोड ४१ लाख ५३ हजार आठ सय ७२ को कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी सिङ्गटी हाइड्रोइनर्जी लिमिटेडको छ लाख ३६ हजार आठ सय चार कित्ता शेयर किनबेच भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?