नेप्से परिसूचक २५८६.२३ विन्दुमा, कारोबार बढ्यो
जलसरोकार
काठमाडौं : साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्जको परिसूचक नेप्से २५८६.२३ विन्दु कायम भएको छ । यो अघिल्लो दिनको तुलनामा ४.६३ अंकले बढी हो ।
आज ४ अर्ब ६० करोड ३२ लाख रुपैयाँको कारोबार भयो । कुल ए करोड ८६ हजार सात सय पाँच कित्ता शेयर किनबेच भए ।
कुल १ सय ५६ कम्पनीले कमाए भने ७७ कम्पनीले गुमाउन पुगे । ११ वटा कम्पनीको शेयर स्थिर रहे ।
आज सबैभन्दा बढी कमाउने कम्पनीहरुमा न्यादी हाइड्रोपावर रह्यो । ४५ अंकले वृद्धि भई शेयर मुल्यमा १० प्रतिशत वृद्धि भयो । त्यसैगरी सामुदायिक लघुवित्त संस्था, सप्तकोसी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सुपर मादी हाइड्रोपावर उच्च कमाउने कम्पनीमा दरिए ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीहरुमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, जानकाी फाइनान्स, नेपाल दूरसञ्चार कम्पनी, पोखरा फाइनान्स आदि छन् ।
धेरै कारोबार भएका कम्पनीहरुमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड, न्यादी हाइड्रोपावर हिमालय डिष्टिलरी, कर्पाेरेट डेभपलमेन्ट बैंक आदि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना