सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चार दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, आज ८.७८ अंकले बढ्यो

जलसरोकार
मंगलबार, वैशाख २२, २०८३ | १६:२२:०५ बजे

 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। लगातार चार कारोबार दिनदेखि घटिरहेको बजारमा यस दिन भने सुधार देखिएको हो।

मंगलबार नेप्से परिसूचक ८.७८ अंकले बढ्दै २७१२.८६ विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स १.२६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंकले वृद्धि भएको छ।

बजार सूचक बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार ४ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३३५ वटा स्टकको ६२ हजार २५ पटकको कारोबारमा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँ बराबरको ७७ लाख ३४ हजार कित्ता शेयर किनबेच भएको छ।

कारोबारका क्रममा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ११.१६ प्रतिशतले बढेको छ। सोलु हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले बढ्दा धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ७ प्रतिशतले उकालो लागेको छ। यता, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ९.३१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर अग्रस्थानमा रहेको छ, जसको २३ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १२ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा नेशनल हाइड्रोपावरको कारोबार रकम साढे ११ करोड रुपैयाँ नाघेको छ।

उपसमूहतर्फ १३ मध्ये ७ उपसमूहको परिसूचक बढ्दा ६ उपसमूह घटेका छन्। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले बढेको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहका परिसूचक भने सामान्य घटेका छन्।

प्रकाशित मिति : मंगलबार, वैशाख २२, २०८३ | १६:२२:०५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया