मौद्रिक नीतिको अपेक्षामा नेप्सेमा सुधार, परिसूचक २४.५७ अंकले उकालो
जलसरोकार
काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा बन्द भएको छ। लगातार दुई कारोबार दिनको गिरावटपछि बजारमा सुधार देखिएको हो।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि लचिलो तथा सुधारमुखी मौद्रिक नीति ल्याउने अपेक्षाले लगानीकर्ताको मनोबल बढाउँदा बजार सकारात्मक बनेको विश्लेषण गरिएको छ। लगानीकर्ताहरूले उत्पादन, माग र पुँजी बजारलाई पुनर्जीवित गर्ने खालका नीतिगत व्यवस्था आउने अपेक्षा गरेका छन्। राष्ट्र बैंकले आजै नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।
मंगलबार सेन्सेटिभ इण्डेक्स ४.३३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंकले वृद्धि भएका छन्।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा उल्लेख्य बढेको छ। सोमबार ३ अर्ब ५५ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा मंगलबार ३५२ कम्पनीका ९५ लाख १९ हजार कित्ता शेयर ७२ हजार २२ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ४० करोड ७ लाख ५२ हजार रुपैयाँ पुगेको छ।
मूल्य वृद्धितर्फ कालंगा हाइड्रोको शेयर लगातार दोस्रो दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयर मूल्य ६७ रुपैयाँ ३० पैसा बढेर ५१६ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। यस्तै, आरबिबि फोकस ४० को इकाइ मूल्य करिब १४ प्रतिशत तथा सानिगाड हाइड्रोको शेयर मूल्य १०.५ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा १० प्रतिशत केबिएल डिबेञ्चर २०९० शीर्ष स्थानमा रह्यो। उक्त डिबेञ्चरको २० करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि १०.३५ प्रतिशत एग्रीकल्चर बैंक डिबेञ्चर २०८३ को करिब १८ करोड रुपैयाँ तथा ग्लोबल आइएमई बैंकको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहगत रूपमा मंगलबार कारोबारमा आएका सबै १३ उपसमूहका परिसूचक हरियालीमा बन्द भएका छन्। तीमध्ये व्यापार उपसमूह सर्वाधिक १.८९ प्रतिशतले बढेको छ। बैंकिङ र विकास बैंक उपसमूहका परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।
बजार विश्लेषकहरूका अनुसार मौद्रिक नीतिप्रति सकारात्मक अपेक्षाले बजारमा उत्साह देखिए पनि आगामी दिनमा राष्ट्र बैंकले सार्वजनिक गर्ने व्यवस्थाले बजारको वास्तविक दिशा निर्धारण गर्नेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ