चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
जलसरोकार
काठमाडौं : लगातार चार कारोबार दिनदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार सामान्य सुधारसहित बन्द भएको छ। यस दिन नेप्से परिसूचक ६ दशमलव ११ अंकले बढेर दुई हजार ५७६ दशमलव २९ विन्दुमा पुगेको छ।
कारोबार दिनमा सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ७९ अंकले वृद्धि भएको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव ३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव २० अंकले बढेको छ।
नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। सोमबार सात अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३८३ वटा स्टकको ५३ हजार ८५४ पटक कारोबार हुँदा कुल आठ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरका एक करोड ८२ लाख ९३ हजार कित्ता शेयर किनबेच भएका छन्। ऋणपत्रहरूको उच्च कारोबारका कारण कुल कारोबार रकम बढेको हो।
यस दिन ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७ को मूल्य सर्वाधिक १० दशमलव २२ प्रतिशतले बढेको छ। त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ को मूल्य करिब १० प्रतिशत तथा उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यता, ७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९० को मूल्य सर्वाधिक ९ दशमलव ६८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष १० मध्ये नौवटा ऋणपत्र रहेका छन्। १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को ५२ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यस्तै, १० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९० को ३९ करोड रुपैयाँभन्दा बढी, ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चरको ३७ करोड ५० लाख रुपैयाँभन्दा बढी तथा एभरेष्ट बैंक डिबेञ्चरको ३६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहगत रूपमा १३ मध्ये १२ उपसमूहका परिसूचक बढेका छन् भने एक उपसमूह घटेको छ। व्यापार उपसमूह सर्वाधिक १ दशमलव ४७ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने शून्य दशमलव १८ प्रतिशतले घटेको छ।
चार दिनको लगातार गिरावटपछि बजारमा देखिएको यो सुधारले लगानीकर्तामा केही सकारात्मक संकेत दिएको विश्लेषकहरूको भनाइ छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिन विद्यमान कानुन नै पर्याप्त : सरोकारवाला
-
कोशीदेखि सुदूरपश्चिमसम्म मनसुनी वर्षा, सतर्क रहन आग्रह
-
अरुण काबेली पावरको नाफा ५३ प्रतिशत घट्यो
-
प्राधिकरण केन्द्रित विद्युत् बजारलाई खुला र प्रतिस्पर्धात्मक बनाउँदै आयोग
-
बिजुलीमा लगाइएको भ्याट खारेज गर्न प्राधिकरणका कर्मचारी संगठनहरुको माग
-
अविरल वर्षापछि देशभरका विभिन्न सडकखण्ड अवरुद्ध