चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ७ अंक बढ्यो
जलसरोकार
काठमाडौं : पछिल्ला चार कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक बिहीबार भने सकारात्मक भएर बन्द भएको छ। यस दिन नेप्से ७.१७ अंकले बढेर २ हजार ६२९.४० विन्दुमा पुगेको छ।
यस दिन सेन्सेटिभ इन्डेक्स १.८८ अंक, फ्लोट इन्डेक्स ०.४२ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५५ अंकले बढेको छ।
नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार ३ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ४ अर्ब ४० करोड १४ लाख ९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन ३४५ स्टकको ४७ हजार ९१९ पटकको कारोबारमा ९५ लाख ७६६ कित्ता शेयर खरिदबिक्री भएको छ।
माउन्ट एभरेस्ट पावर लगातार सातौँ दिन सर्किटमा
यस दिन पनि माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
माउन्ट एभरेस्ट पावरको शेयरमूल्य लगातार सातौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने सर्वोत्तम पेन्ट्सको शेयर पनि लगातार छैटौँ कारोबार दिन सकारात्मक सर्किटमा कारोबार भएको छ।
त्यस्तै, एनआईसी एसिया सेलेक्ट फन्ड ३० को इकाइमूल्य ६.५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको कुमारी धनवृद्धि योजनाको इकाइमूल्य भने ९.७७ प्रतिशतले घटेर सबैभन्दा धेरै गिरावट आएको छ।
एग्रिकल्चरल बण्डको कारोबार सर्वाधिक
कारोबार रकमका आधारमा नौ वर्षे एग्रिकल्चरल बण्ड शीर्ष स्थानमा रहेको छ। उक्त बण्डको ५० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३० करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको करिब २३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
६ उपसमूह बढे
१३ उपसमूहमध्ये बिहीबार ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूह घटेका छन्।
जलविद्युत् उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.९९ प्रतिशतले बढेको छ। त्यस्तै बैंकिङ, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूह पनि सामान्य बढेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना