लगातार चौथो दिन पनि घट्यो नेप्से , २८०० विन्दुभन्दा तल बन्द
जलसरोकार
काठमाडौँ : नेप्से परिसूचक बिहीबार पनि घटेर बन्द भएको छ। लगातार चौथो कारोबार दिन गिरावटको क्रम जारी राख्दै नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ विन्दुमा झरेको हो।
१० कारोबार दिनपछि नेप्से २८०० विन्दुभन्दा तल बन्द भएको हो। यसअघि गत चैत २४ गते उक्त विन्दुभन्दा तल झरेको थियो। यस दिन सेन्सेटिभ इण्डेक्स २.९४ अंक, फ्लोट इण्डेक्स १.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१६ अंकले घटेका छन्।
परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। बुधबार ७ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३४८ स्टकका ९३ हजार ९०७ पटकको कारोबारमा ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरका १ करोड १३ लाख ७५ हजार कित्ता शेयर किनबेच भएका छन्।
यस दिन पाल्पा सिमेन्ट इण्डष्ट्रिज र शिखर पावर डेभलपमेन्ट का शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक को शेयर मूल्य करिब ९.५ प्रतिशतले बढेको छ।
यता पछिल्ला दिनहरूमा निरन्तर उकालो लागेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक को शेयर मूल्य यस दिन सर्वाधिक ११.७९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ, जसको ३० करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै सोलु हाइड्रोपावर र आँखु खोला जलविद्युत कम्पनी का करिब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने होटल फरेष्ट इन को कारोबार २२ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घट्दा केवल उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहमा सामान्य वृद्धि देखिएको छ। होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.४२ प्रतिशतले घटेको छ भने वित्त, जलविद्युत र निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो