वर्षकाे अन्तिम कारोबार दिन नेप्से ४.१८ अंकले घट्यो, कारोबार ८ अर्ब ६६ करोडमा सीमित
जलसरोकार
काठमाडौँ : २०८२ सालको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से ४.१८ अंकले घटेर २८३३ अंकमा झरेको छ। यससँगै बजारमा सामान्य गिरावट देखिएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो दिन ८ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएकोमा आज ८ अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ।
आज १०५ कम्पनीको शेयर मूल्य बढ्दा १५३ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ।
क्षेत्रगत रूपमा होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले बढेको छ। त्यस्तै हाइड्रोपावर ०.६६, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४० र निर्जीवन बीमा समूह ०.४६ प्रतिशतले उकालो लागेको छ।
यता बैंकिङ ०.४७, विकास बैंक ०.५५, फाइनान्स ०.२९, जीवन बीमा ०.४६, माइक्रोफाइनान्स ०.४२, अन्य समूह १.६२ तथा व्यापार समूह ०.२१ प्रतिशतले घटेका छन्।
आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। तीमध्ये सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट, रिजलाइन इनर्जी र शिखर पावर रहेका छन्।
त्यसैगरी मेन्छियाम हाइड्रोपावर ९.०१ प्रतिशत, उपकार लघुवित्त ७.१७ प्रतिशत र नेसनल हाइड्रोपावर कम्पनी ६.६७ प्रतिशतले बढेका छन्।
यता युनिक नेपाल लघुवित्त ३.६० प्रतिशत, अभियान लघुवित्त २.९७ प्रतिशत र सान्भी इनर्जी २.९६ प्रतिशतले घटेका छन्।
कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर कम्पनी, रिडी पावर कम्पनी, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी र एसवाई प्यानल अग्रस्थानमा रहेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो