सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेप्से १६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

जलसरोकार
सोमबार, असोज १२, २०८३ | १५:३०:१६ बजे

 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १६ अंकभन्दा बढीले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबार बढेको बजार सोमबार भने ओरालो लागेको हो।

सोमबार नेप्से परिसूचक १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स १.३४ अंक, फ्लोट इन्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४८ अंकले घटेको छ।

नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। बिहीबार ५ अर्ब ४४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा सोमबार ३५७ स्टकको ५८ हजार ५०० पटकको कारोबारबाट १ करोड ३१ लाख ७८ हजार कित्ता शेयर किनबेच भएको छ। यस दिन कुल कारोबार रकम ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँ पुगेको छ।

कारोबारमा आएका धितोपत्रमध्ये १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को मूल्य सर्वाधिक १२.१७ प्रतिशत बढेको छ। ७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२ को मूल्य १० प्रतिशत तथा ६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३ को मूल्य करिब ९ प्रतिशतले बढेको छ।

यस दिन हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य सर्वाधिक १०.५८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३८ करोड ८२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्सको कारोबार रकम साढे २९ करोड रुपैयाँ नाघेको छ भने हाथवे इन्भेष्टमेन्टको करिब २० करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। व्यापार उपसमूहको परिसूचक सामान्य अंकले बढेको हो।

यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.२० प्रतिशत घटेको छ। जलविद्युत् र लगानी उपसमूहको परिसूचक पनि एक प्रतिशतभन्दा बढीले घटेका छन्।

प्रकाशित मिति : सोमबार, असोज १२, २०८३ | १५:३०:१६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया