नेप्से झिनो अंकले घट्यो, कारोबार रकम साढे ३ अर्बभन्दा तल
जलसरोकार
काठमाडौं - साताको कारोबारको बुधबार नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। यस दिन बजारमा ठूलो उतारचढाव नदेखिए पनि नेप्से सूचक स्थिर रहने प्रयासमा देखिएको थियो।
बुधबार नेप्से परिसूचक ०.२६ अंक घटेर २ हजार ६२२ दशमलव २२ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.०८ अंक र फ्लोट इन्डेक्स ०.०२ अंकले घटेको छ। सेन्सेटिभ फ्लोट इन्डेक्स भने अघिल्लो दिनकै विन्दुमा स्थिर रह्यो।
नेप्से सामान्य अंकले घटेसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ। यस दिन ९५ लाख ८ हजार ८८२ कित्ता शेयर ३ अर्ब २९ करोड ८० लाख रुपैयाँ बराबरमा कारोबार भएको छ।
अघिल्लो कारोबार दिन मंगलबार भने ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। यसअनुसार एकै दिनमा कारोबार रकम करिब १ अर्ब ७७ करोड रुपैयाँले घटेको छ।
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
यस दिन माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको शेयर मूल्य ९० रुपैयाँ ४० पैसा बढेर ६९३ रुपैयाँ ६० पैसा पुगेको छ। त्यस्तै, सर्वोत्तम पेन्ट्सको शेयर मूल्य ७८ रुपैयाँ ६० पैसा बढेर ६०३ रुपैयाँ २० पैसा पुगेको छ।
अर्कोतर्फ, कारोबारमा आएको मनकामना इन्जिनियरिङ कम्पनीको शेयर मूल्य ८.४५ प्रतिशतले घटेर यस दिन सबैभन्दा धेरै गिरावट आएको छ।
साहस ऊर्जाको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा साहस ऊर्जा शीर्ष स्थानमा रहेको छ। कम्पनीको १७ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, सोलु हाइड्रोपावरको १६ करोड ८८ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम १५ करोड ५५ लाख रुपैयाँ नाघेको छ।
पाँच उपसमूह बढे
यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूह घटेका छन्।
बढ्ने उपसमूहतर्फ बैंकिङ, हाइड्रोपावर, निर्जीवन बीमा, अन्य र व्यापार रहेका छन्।
त्यस्तै, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फन्ड उपसमूहको परिसूचक घटेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना