नेप्से ९.२४ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
जलसरोकार
काठमाडौँ : साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । लगातार दुई कारोबार दिन बढेको बजार यस दिन भने ओरालो लागेको हो ।
मंगलबार नेप्से परिसूचक ९.२४ अंकले घटेर २७७७.१० विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.४५ अंक, फ्लोट इण्डेक्स ०.६९ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंकले घटेको छ ।
बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३४२ कम्पनीको ५२ हजार ७५१ पटकको कारोबारमा ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ७२ हजार कित्ता शेयर किनबेच भएको छ ।
यस दिन कालिञ्चोक हाइड्रोपावर लिमिटेड को शेयरमूल्य सर्वाधिक ९.२३ प्रतिशतले बढेको छ । कम्पनीको शेयर गत शुक्रबार मात्रै नेप्सेमा सूचीकृत भएको थियो भने मंगलबारदेखि नियमित दोस्रो बजार कारोबार सुरु भएको हो ।
त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड को शेयरमूल्य ६ प्रतिशतले बढ्दा त्रिशुली जलविद्युत कम्पनी लिमिटेड को शेयरमूल्य पनि करिब ६ प्रतिशतले वृद्धि भएको छ ।
घटेका कम्पनीहरूको मूल्य गिरावट भने ४ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा मंगलबार पनि आँखु खोला जलविद्युत कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ४६ करोड ७२ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, रिडी पावर कम्पनी लिमिटेड को साढे १६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार हुँदा साहस ऊर्जा लिमिटेड को कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये मंगलबार दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूह घटेका छन् । म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूह सामान्य बढ्दा बाँकी सबै उपसमूह ओरालो लागेका हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य