नेप्से ८.१४ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
जलसरोकार
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो दिन सामान्य सुधार देखिएको शेयर बजारमा आज पुनः गिरावट आएको हो।
यस दिन नेप्से परिसूचक ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा कायम भएको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स १.०९ अंकले घट्दा फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंकले ओरालो लागेको छ।
परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ। बुधबार ४ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बिहीबार ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। यस दिन ३५० कम्पनीका ९२ लाख ३१ हजार कित्ता शेयर ५८ हजार ३९१ पटक कारोबार भएका छन्।
कारोबारका क्रममा दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावर को शेयर मूल्यमा उच्च वृद्धि भई सकारात्मक सर्किट लागेको हो।
त्यसैगरी बोटलर्स नेपाल (बालाजु) को शेयर मूल्य करिब ८.५ प्रतिशतले बढेको छ भने अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी को शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
यता, कारोबारमा आएका कम्पनीहरूमध्ये सप्ताकोशी डेभलपमेन्ट बैंक का लगानीकर्ताले सर्वाधिक घाटा बेहोरेका छन्। बैंकको शेयर मूल्य १३.५१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सिटी होटल शीर्ष स्थानमा रह्यो। कम्पनीको २३ करोड ६३ लाख ४३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सेन्ट्रल फाइनान्स को १७ करोड ५० लाख रुपैयाँभन्दा बढी र बुंगल हाइड्रो को १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहतर्फ १३ मध्ये दुई उपसमूहमा मात्रै हरियाली देखिएको छ भने ११ उपसमूह ओरालो लागेका छन्। होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूह सामान्य अंकले बढेका छन्।
सबैभन्दा धेरै गिरावट वित्त उपसमूहमा देखिएको छ, जसको परिसूचक १.४५ प्रतिशतले घटेको छ। त्यसैगरी व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेको छ।
समग्रमा बजार परिसूचक र कारोबार रकम दुवै घटेसँगै लगानीकर्तामा केही सतर्कता देखिएको छ भने अधिकांश उपसमूहमा दबाब कायम रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ