नेप्से ७४.७३ अंकले घट्यो, कारोबार रकम १२ अर्ब नाघ्यो
जलसरोकार
काठमाडौं: बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंकले घटेर २७७६ अंकमा पुगेको छ। बजार खुलेदेखि नै दिनभर सूचक रातो अंकमा देखिएको थियो।
यसअघि आइतबार र सोमबार दुई दिनमा कुल ११९ अंकले घटेको बजार मंगलबार भने १९.७ अंकले सामान्य वृद्धि भएको थियो। तर बुधबार पुनः बजारमा उच्च गिरावट देखिएको हो।
बजार घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ११ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार १२ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आज १३ कम्पनीको शेयर मूल्य बढ्दा २५५ कम्पनीको मूल्य घटेको छ।
समूहगत सूचकतर्फ सबै समूह घटेका छन्। अन्य समूह सबैभन्दा धेरै ५.२६ प्रतिशतले घटेको छ। त्यस्तै बैंकिङ २.३१ प्रतिशत, विकास बैंक ३.१८ प्रतिशत, फाइनान्स ३.०३ प्रतिशत, होटल तथा पर्यटन २.१२ प्रतिशत, हाइड्रोपावर २.८१ प्रतिशत, लगानी २.६७ प्रतिशत, जीवन बीमा २.०२ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३९ प्रतिशत, माइक्रोफाइनान्स १.९९ प्रतिशत, निर्जीवन बीमा २.२२ प्रतिशत र व्यापार समूह ३.९६ प्रतिशतले घटेका छन्।
यस दिन नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशतले घटेको छ। त्यस्तै सप्तकोशी विकास बैंक ७.२८ प्रतिशत, नेसनल हाइड्रोपावर ७.१७ प्रतिशत, शिवश्री हाइड्रोपावर ७ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावर ६.४१ प्रतिशतले घटेका छन्।
यद्यपि हालै सूचीकृत भएका केही कम्पनीको मूल्य भने बढेको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको शेयर मूल्य १० प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी अगाडि रहेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य