नेप्से ५ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
जलसरोकार
काठमाडौं : बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार सामान्य सुधार देखिएको बजार यस दिन पुनः ओरालो लागेको हो।
बिहीबार नेप्से परिसूचक ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ०.७७ अंक, फ्लोट इण्डेक्स ०.३३ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले घटेका छन्।
बजारसँगै कारोबार रकममा पनि कमी आएको छ। बुधबार ३ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बिहीबार ३४७ कम्पनीका ७७ लाख ४३ हजार कित्ता शेयर ४१ हजार १०४ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ।
यस दिन पनि दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। एपोलो हाइड्रोपावर र सोपान फर्मास्यूटिकल्सको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किटमा कारोबार भएको हो। त्यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य करिब १२.५ प्रतिशत तथा बुंगल हाइड्रोको शेयर मूल्य करिब ८.५ प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसपछि युनाइटेड मोदी हाइड्रोपावरको २३ करोड रुपैयाँभन्दा बढी र सीईडीबी होल्डिङ्सको १४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहगत रूपमा हेर्दा १३ मध्ये ५ उपसमूहको परिसूचक बढ्दा ८ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, वित्त, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहमा सामान्य सुधार देखिएको छ भने ‘अन्य’ उपसमूह सबैभन्दा बढी ०.८६ प्रतिशतले घटेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना