सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेप्से २.२५ अंकले घट्यो, कारोबार रकम भने साढे ५ अर्ब नाघ्यो

जलसरोकार
सोमबार, भदौ ०१, २०८३ | १५:२३:४७ बजे

 

काठमाडाैं : साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। अघिल्लो कारोबार दिन शुक्रबार पनि सामान्य अंकले घटेको बजारले सोमबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक २ दशमलव २५ अंकले घटेर २ हजार ६४१ दशमलव ५८ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ०८ अंक, फ्लोट इन्डेक्स शून्य दशमलव ५१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४९ अंकले घटेको छ।

सूचक सामान्य घटे पनि बजारमा कारोबार रकम भने बढेको छ। गत शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार ३५० स्टकको ५६ हजार ८१८ पटकको कारोबारबाट १ करोड १९ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन कुल कारोबार रकम ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रुपैयाँ पुगेको छ।

सोमबार सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेको छ। सर्वोत्तम पेन्ट्सको शेयरमूल्य ५९ रुपैयाँ ५० पैसा बढेर ४५६ रुपैयाँ २० पैसा पुगेको छ। त्यस्तै, माउन्ट एभरेष्ट पावरको शेयरमूल्य ६८ रुपैयाँ ४० पैसा बढेर ५२४ रुपैयाँ ६० पैसा पुगेको छ।

रिलायन्स स्पिनिङ मिल्स र सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य पनि ११ प्रतिशतभन्दा बढीले बढेको छ। यता कारोबारमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा धेरै ६ दशमलव ६३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको सोमबार १ अर्ब ३८ करोड ६३ लाख ३४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सोलु हाइड्रोपावरको करिब ३८ करोड ५० लाख रुपैयाँ र रिडी पावर कम्पनीको करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढ्दा आठ उपसमूह घटेका छन्। उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा धेरै १ दशमलव ३० प्रतिशतले बढेको छ। जलविद्युत्, म्युचुअल फन्ड, अन्य र व्यापार उपसमूह पनि सामान्य बढेका छन्।

यता वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै १ दशमलव १४ प्रतिशतले घटेको छ। बजार परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम बढ्नुले लगानीकर्ताको सक्रियता भने बढेको देखिएको छ।

प्रकाशित मिति : सोमबार, भदौ ०१, २०८३ | १५:२३:४७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया