नेप्से ७१ अंकले घट्यो, कारोबार रकम भने १५ अर्ब नाघ्यो
जलसरोकार
काठमाडौँ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा झरेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स १२.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६० अंकले घटेका छन्।
नेप्से घटे पनि कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन गत बिहीबार करिब १३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आइतबार ३३३ कम्पनीका १ लाख ९६ हजार १५८ पटकको कारोबारमा १५ अर्ब ३ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरका ३ करोड ५२ लाख ४८ हजार कित्ता शेयर किनबेच भएको छ।
नेप्से घटे पनि केही कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर लिमिटेड, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, भुजुङ हाइड्रोपावर र होटल फरेष्ट इन को शेयर सकारात्मक सर्किटमा कारोबार भएको हो।
त्यस्तै सिवाईसी लघुवित्त वित्तीय संस्था को शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था को शेयरमूल्य सर्वाधिक ६.१७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ७१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै ङादी ग्रुप पावर लिमिटेड को ५२ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावर लिमिटेड को करिब साढे ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूह सर्वाधिक ३.३८ प्रतिशतले घटेको छ भने व्यापार उपसमूह ३ प्रतिशतले घटेको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहका परिसूचक पनि २ प्रतिशतभन्दा बढीले घटेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य