नेप्से ६.५१ अंकले घट्यो, कारोबार रकम ३ अर्ब नाघ्यो
जलसरोकार
काठमाडौँ : साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ६.५१ अंकले घट्दै २७२४ अंकमा झरेको छ । बजारमा कारोबार भएका अधिकांश कम्पनीको मूल्य घटेपछि परिसूचक दबाबमा परेको हो ।
आज ११३ कम्पनीको शेयर मूल्य बढ्दा १४५ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।
कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही सुधार देखिएको छ । सोमबार २ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यद्यपि, अघिल्लो दिन पूरा चार घण्टा कारोबार हुँदा भएको कारोबार रकम पछिल्लो दुई वर्षकै न्यून स्तरमा रहेको थियो ।
समूहगत सूचकमध्ये व्यापार समूह सबैभन्दा धेरै १.२४ प्रतिशतले घटेको छ । बैंकिङ ०.१०, होटल तथा पर्यटन ०.५६, हाइड्रोपावर ०.५०, लगानी ०.२२, जीवन बीमा ०.२२, उत्पादन तथा प्रशोधन ०.६७ तथा अन्य समूह ०.३९ प्रतिशतले ओरालो लागेका छन् ।
यता निर्जीवन बीमा समूह ०.५६ प्रतिशतले बढ्दा माइक्रोफाइनान्स ०.१२, विकास बैंक ०.७७ र फाइनान्स समूह ०.०७ प्रतिशतले उकालो लागेको छ ।
व्यक्तिगत कम्पनीतर्फ कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै १४.२६ प्रतिशतले बढेको छ । त्यसैगरी नेपाल रिपब्लिक मिडियाको ६.४१ प्रतिशत तथा दारामखोला हाइड्रो इनर्जीको ३.६१ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
त्यसैगरी सिटी होटलको शेयर मूल्य ६.८४ प्रतिशतले घट्दा थ्रीस्टार हाइड्रोपावरको ५.८२ प्रतिशत र झापा इनर्जीको ४.४३ प्रतिशतले गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज सिटी होटल, साहस ऊर्जा, आँखुखोला जलविद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र एसवाई प्यानल अग्रस्थानमा रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो