सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

साताको पहिलो दिन नेप्से ३४.६३ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

जलसरोकार
सोमबार, वैशाख २१, २०८३ | १५:२१:५१ बजे

 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागेको बजारले यस दिन पनि गिरावटको क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ३४.६३ अंकले घट्दै २७०४.०८ विन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ३.३७ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३६ अंकले घटेका छन्।

बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ३४१ वटा स्टकको ६८ हजार ६३५ पटकको कारोबारमा ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँ बराबरको १ करोड ७४ हजार कित्ता शेयर किनबेच भएको छ।

कारोबारका क्रममा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। सो कम्पनीको शेयरमूल्य १६४ रुपैयाँ ४० पैसा बढेर १ हजार २६० रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, झापा इनर्जीको शेयरमूल्य ८ प्रतिशतले बढ्दा अन्य अधिकांश कम्पनीको मूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक १२.५८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ, जसको ३१ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको करिब १८ करोड रुपैयाँको कारोबार हुँदा नेशनल हाइड्रोपावरको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ।

उपसमूहतर्फ १३ मध्ये एक उपसमूहको परिसूचक बढ्दा १२ उपसमूह घटेका छन्। लघुवित्त उपसमूह सामान्य ०.०२ अंकले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.५४ प्रतिशतले बढेको छ। साथै, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। विपरीत रूपमा होटल तथा पर्यटन, लगानी र व्यापार उपसमूहका परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन्।

 

प्रकाशित मिति : सोमबार, वैशाख २१, २०८३ | १५:२१:५१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया