सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

साताको पहिलो कारोबारमै नेप्से २६.२९ अंकले घट्यो, सबै उपसमूह राताम्य

जलसरोकार
सोमबार, असार २२, २०८३ | १५:४५:३७ बजे

 

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.२९ अंकले घट्दै २६२७.११ विन्दुमा बन्द भएको छ। गत शुक्रबारको गिरावटलाई निरन्तरता दिँदै बजारमा बिक्री दबाब कायम रहेको देखिएको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.५३ अंक, फ्लोट इण्डेक्स १.७३ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.३४ अंकले घटेका छन्।

नेप्सेसँगै कारोबार रकम पनि खुम्चिएको छ। गत शुक्रबार ४ अर्ब ४१ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा सोमबार ३५६ कम्पनीका ७५ लाख ४० हजार कित्ता शेयर ४६ हजार २४६ पटक किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ।

गिरावटबीच पनि स्नो रिभर्स, सानिगाड हाइड्रो र कालंगा हाइड्रोको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ११.५ प्रतिशतले बढेको छ। विपरीत रूपमा थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १३.७९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा ८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८४ शीर्ष स्थानमा रह्यो। उक्त ऋणपत्रको ५३ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि सेन्ट्रल फाइनान्सको १५ करोड ५० लाख रुपैयाँभन्दा बढी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब १३ करोड रुपैयाँबराबरको कारोबार भएको छ।

उपसमूहतर्फ सोमबार कारोबारमा आएका सबै १३ उपसमूहका परिसूचक ओरालो लागेका छन्। तीमध्ये व्यापार उपसमूह सर्वाधिक ३.१५ प्रतिशतले घटेको छ। यस्तै, बैंकिङ, वित्त तथा उत्पादन तथा प्रशोधन उपसमूहका परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।

प्रकाशित मिति : सोमबार, असार २२, २०८३ | १५:४५:३७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया