नेप्से १९ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
जलसरोकार
काठमाडाैं : साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १९ दशमलव ३४ अंकले घटेर २६२२ दशमलव ४८ विन्दुमा झरेको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव ५५ अंक, फ्लोट इन्डेक्स १ दशमलव ३० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८८ अंकले घटेको छ।
नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। सोमबार ५ अर्ब ५२ करोड रुपैयाँबराबरको कारोबार भएकोमा मंगलबार ३४७ स्टकको ५५ हजार २४६ पटकको कारोबारमा ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँबराबरको १ करोड ५१ लाख ९६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावरमा सकारात्मक सर्किट
मंगलबार पनि सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
सर्वोत्तम पेन्ट्सको सेयरमूल्य ६८ रुपैयाँ ४० पैसा बढेर ५२४ रुपैयाँ ६० पैसा पुगेको छ। त्यस्तै, माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको सेयरमूल्य ७८ रुपैयाँ ६० पैसा बढेर ६०३ रुपैयाँ २० पैसा पुगेको छ।
यस दिन कारोबारमा आएको सगरमाथा जलविद्युत् कम्पनीको सेयरमूल्य सर्वाधिक १० दशमलव ६३ प्रतिशतले घटेको छ।
एग्रिकल्चरल बन्डको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा मंगलबार एग्रिकल्चरल बन्ड (९ वर्ष) शीर्ष स्थानमा रहेको छ। उक्त बन्डको ५० करोड ६८ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
त्यस्तै, सोलु हाइड्रोपावरको ३९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा खानीखोला हाइड्रोपावर कम्पनीको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ।
१२ उपसमूह घटे
मंगलबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एउटा उपसमूहको परिसूचक बढेको छ।
उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ४० प्रतिशतले घटेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने सामान्य अंकले बढेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना