साताको पहिलो कारोबार दिन नेप्से १९ अंकले घट्यो
जलसरोकार
काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १९ अंकभन्दा बढीले घटेको छ। कारोबार अवधिमा नेप्से २६०० भन्दा तल झरे पनि अन्तिम समयमा उक्त विन्दु नजिकै आएर बजार बन्द भएको हो।
सोमबार नेप्से परिसूचक १९.१३ अंकले घटेर २,५९९.५८ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.१७ अंक, फ्लोट इन्डेक्स १.३४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.११ अंकले घटेका छन्।
नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। गत शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार ३५० स्टकको ५३ हजार १५३ पटकको कारोबारमा ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रुपैयाँ बराबरको ८५ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सर्वोत्तम पेन्ट्स आठौँ दिन सर्किटमा
सोमबार सर्वोत्तम पेन्ट्सको शेयर लगातार आठौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ११९ रुपैयाँ ६० पैसाले बढेर ९१७ रुपैयाँ २० पैसा पुगेको छ।
त्यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १२ प्रतिशत तथा सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
यता कारोबारमा आएको पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.८३ प्रतिशत घटेको छ।
रिलायन्स स्पिनिङ्गको कारोबार सर्वाधिक
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको सोमबार १२ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, सोलु हाइड्रोपावरको करिब १२ करोड रुपैयाँ र साहस ऊर्जाको १० करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
सबै उपसमूह राताम्मे
सोमबार नेप्सेका सबै १३ उपसमूहको परिसूचक घटेका छन्। जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक १.१९ प्रतिशत घटेको छ।
त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। बाँकी उपसमूहको गिरावट भने १ प्रतिशतभन्दा कम रहेको छ।
समग्रमा, कारोबार रकम र परिसूचक दुवैमा आएको गिरावटसँगै बजारले २६०० को मनोवैज्ञानिक विन्दु परीक्षण गरेको छ। अन्तिम समयमा उक्त विन्दु नजिकै बजार बन्द भएकाले आगामी कारोबारमा २६०० को स्तरले बजारको दिशा निर्धारण गर्न सक्ने देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साताको पहिलो कारोबार दिन नेप्से १९ अंकले घट्यो
-
मौद्रिक नीति सार्वजनिक गर्ने मिति साउन १ गते तय गर्ने सहमति जुट्याे
-
सौर्य ऊर्जा कम्पनीमध्ये पियोर इनर्जीको लगानी विस्तार, झापा इनर्जीको नाफामा सुधार
-
सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो, चाँदी घट्यो
-
चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोडेर आधुनिक सिँचाइ प्रणालीको ऐतिहासिक सम्पदाका रूपमा विकास गर्न सकिन्छ : मन्त्री श्रेष्ठ
-
दुई दशकको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न