नेप्से १४.४५ अंकले घट्यो, कारोबार रकम बढेर ४ अर्ब ४१ करोड नाघ्यो
जलसरोकार
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो दिन पनि घटेर बन्द भएको छ। बजारमा बिक्री दबाब कायम रहँदा नेप्से १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा झरेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स २.६० अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले ओरालो लागेको छ।
बजार परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार ४ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३३८ कम्पनीका १ करोड ७ लाख ७७ हजार कित्ता शेयर ७२ हजार ९१७ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार रुपैयाँ पुगेको छ।
कारोबारका क्रममा टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावर को शेयरमूल्य लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। दुवै कम्पनीको शेयरमूल्य ५९ रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता ४५६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।
त्यसैगरी, भुजुङ्ग हाइड्रोपावर को शेयरमूल्य १४.५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सिवाईसी नेपाल लघुवित्त को शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ। विपरीत रूपमा, सोपान फर्मास्यूटिकल्स को शेयरमूल्य सर्वाधिक ५.०५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको २९ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि सोपान फर्मास्यूटिकल्सको १७ करोड रुपैयाँभन्दा बढी र युनाइटेड मोदी हाइड्रोपावर को करिब १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
उपसमूहगत रूपमा हेर्दा १३ मध्ये दुई उपसमूहको परिसूचक बढ्दा ११ उपसमूह घटेका छन्। वित्त र व्यापार उपसमूह सामान्य रूपमा सकारात्मक रहे भने उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक १.१० प्रतिशतले घटेको छ। अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेर बजारमा व्यापक दबाब देखिएको छ।
लगातार तेस्रो दिन बजार ओरालो लागे पनि कारोबार रकममा देखिएको वृद्धि भने लगानीकर्ताको सक्रियता कायम रहेको संकेतका रूपमा हेरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना