नेप्से १२.३६ अंकले घट्यो, कारोबार रकम भने सामान्य बढ्यो
जलसरोकार
काठमाडाैं : बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार सामान्य सुधार देखिएको बजार बिहीबार भने पुनः ओरालो लागेको हो।
यस दिन नेप्से परिसूचक १२.३६ अंकले घट्दै २७४२.११ विन्दुमा झरेको छ। त्यसैगरी सेन्सेटिभ इण्डेक्स १.५७ अंक, फ्लोट इण्डेक्स ०.८७ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंकले घटेका छन्।
परिसूचक घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ। बुधबार ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३४८ वटा स्टकको ४४ हजार ७४४ पटकको कारोबारमा ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार रुपैयाँ बराबरको ८९ लाख ५५ हजार कित्ता शेयर किनबेच भएको छ।
यस दिन मूल्य बढ्ने कम्पनीहरूको वृद्धिदर ७ प्रतिशतभन्दा कममा सीमित रह्यो। मूल्य वृद्धि हुने शीर्ष १० कम्पनीमध्ये ६ वटा ऋणपत्र रहेका छन्। बुंगल हाइड्रोको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले बढ्दा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक १४.९५ प्रतिशतले घटेको छ। झापा इनर्जीको शेयरमूल्य पनि ८ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको १७ करोड ७२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। रिडी पावर कम्पनीको १५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा बुंगल हाइड्रोको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ।
उपसमूहगत रूपमा हेर्दा १३ मध्ये केवल एक उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूह घटेका छन्। म्युचुअल फण्ड उपसमूहमा सामान्य सुधार देखिएको छ भने व्यापार उपसमूह स्थिर रह्यो। होटल तथा पर्यटन उपसमूह सर्वाधिक प्रभावित बन्दै ६८.३३ अंकले घटेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य