नेप्से दोस्रो कारोबार दिन पनि ओरालो, कारोबार रकम ४ अर्ब ४२ करोडमा सीमित
जलसरोकार
काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबारको गिरावटलाई निरन्तरता दिँदै नेप्से यस दिन ४.६४ अंकले घटेर २६९६.६७ विन्दुमा झरेको हो।
मंगलबार सेन्सेटिभ इण्डेक्स ०.७० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले ओरालो लागेको छ।
परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ। सोमबार ६ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३४२ कम्पनीका १ करोड ४ लाख २१ हजार कित्ता शेयर ५५ हजार ५८० पटक खरिदबिक्री हुँदा कुल ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको शेयर मूल्य ११२ रुपैयाँ ३० पैसा बढेर प्रतिकित्ता ८६१ रुपैयाँमा अन्तिम कारोबार भएको हो। त्यसैगरी, लक्ष्मी उन्नती कोषको इकाई मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यता, कारोबारमा आएका कम्पनीहरूमध्ये कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ६.०७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स अग्रस्थानमा रह्यो। कम्पनीको २७ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिडी पावर कम्पनीको २१ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको १९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
उपसमूहगत रूपमा हेर्दा १३ मध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूह घटेका छन्। वित्त, होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहमा सामान्य वृद्धि देखिएको छ। बाँकी उपसमूहहरू भने गिरावटतर्फ उन्मुख भएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना