नेप्से २२.१४ अंकले घट्यो, ४ अर्ब ४४ करोडको कारोबार
जलसरोकार
काठमाडाैं– मौद्रिक नीति समीक्षापछि गत साता उकालो लागेको सेयर बजार बजेटको मुखमा घटेको छ। आइतबार नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ को विन्दु कायम भएको छ। लगातार अघिल्ला ५ कारोबार दिनसम्म बजार बढेको थियो ।
होटल तथा पर्यटन र म्युचुअल फन्ड बाहेकका उपसमूहकले बजार घटाएका हुन्। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.१९ प्रतिशतले घटेको छ।
गत साता लगानीकर्ताको रोजाइमा परेको बैंकिङ उपसमूह ०.८७ प्रतिशतले घटेको छ। कारोबारमा आएका ३२५ मध्ये २१५ कम्पनीको सेयर मूल्य घटेको छ। जम्मा २९ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ३ को स्थिर रह्यो । सबैभन्दा धेरै इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ६.३६ प्रतिशतले गुमाएका छन्। कालिन्चोक दर्शनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
होटल तथा पर्यटन उपसमूहको सूचक ३.३७ प्रतिशतले बढेको छ। ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक १५ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना