नेप्सेमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकम ४ अर्ब नाघ्यो
जलसरोकार
काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर ओरालो लागेको बजारमा आज पनि गिरावटले निरन्तरता पाएको हो।
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २ हजार ५९४.२७ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.५० अंक, फ्लोट इन्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२० अंकले घटेको छ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। सोमबार ३ अर्ब २३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा मंगलबार ३५७ स्टकको ४६ हजार ५८९ पटकको कारोबारमा ४ अर्ब १० करोड ९७ लाख ५१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन १ करोड ४४ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।
सर्वोत्तम पेन्ट्समा सकारात्मक सर्किट
मंगलबार सर्वोत्तम पेन्ट्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य १३७ रुपैयाँ ५० पैसा बढेर १ हजार ५४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब १५ प्रतिशत बढेको छ भने नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतले बढेको छ।
यस दिन कारोबारमा आएको धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक १०.०७ प्रतिशतले घटेको छ।
मकर जितुमाया सुरीको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा मंगलबार मकर जितुमाया सुरी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ९० करोड ७ लाख ९७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ५० लाख रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको १३ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
११ उपसमूह घटे
मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूह बढेका छन्।
यस दिन विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ। होटल तथा पर्यटन उपसमूह भने सर्वाधिक ०.९१ प्रतिशतले घटेको छ।
समग्रमा नेप्से लगातार तेस्रो कारोबार दिन घटे पनि कारोबार रकम ४ अर्ब रुपैयाँ नाघेकाले बजारमा शेयर कारोबारको सक्रियता भने बढेको देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकम ४ अर्ब नाघ्यो
-
अपर हेवाखोलालाई ५२ करोड ५० लाखको हकप्रद निष्काशन गर्न स्वीकृति
-
सुन र चाँदीको मूल्य घट्यो,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने
-
कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि चरणबद्ध संरक्षण कार्यक्रम अघि बढाइने
-
बेनी हाइड्रोपावरको आईपीओ भदौ २२ गतेदेखि, सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता