सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेप्सेमा लगातार पाँचौँ दिन गिरावट, २५५७ विन्दुमा झर्‍यो

जलसरोकार
बिहीबार, भदौ ११, २०८३ | १५:४७:५८ बजे

 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक १.०४ अंकले घटेर २ हजार ५५७.३१ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५४ अंक, फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंकले घटेका छन्।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बिहीबार ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन ३४८ स्टकको ५२ हजार ५७५ पटकको कारोबारमा १ करोड ६ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।

सर्वोत्तम पेन्ट्सको सकारात्मक सर्किट कायमै

यस दिन सर्वोत्तम पेन्ट्सको शेयरमूल्य लगातार ११औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य १८१ रुपैयाँ ९० पैसाले बढेर १ हजार ३९४ रुपैयाँ ८० पैसा पुगेको छ।

त्यस्तै, घोराही सिमेन्ट इण्डष्ट्रिजको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी तथा सोनापुर मिनरल्स एण्ड आयलको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन कारोबारमा आएको अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.४५ प्रतिशतले घटेको छ।

शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको २१ करोड ७५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

त्यस्तै, नेपाल एसबिआई बैंकको १६ करोड ५० लाख रुपैयाँभन्दा बढी तथा चिलिमे हाइड्रोपावर कम्पनीको १६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

आठ उपसमूह बढे

१३ उपसमूहमध्ये बिहीबार आठ उपसमूहको परिसूचक बढेको छ भने पाँच उपसमूह घटेका छन्।

उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशतले बढेको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार उपसमूह पनि सामान्य अंकले बढेका छन्।

घट्ने उपसमूहमध्ये म्युचुअल फण्डको परिसूचक सर्वाधिक ३.१२ प्रतिशतले घटेको छ। निर्जीवन बीमा उपसमूह २ प्रतिशतभन्दा बढी तथा अन्य उपसमूह १ प्रतिशतभन्दा बढीले घटेका छन्।

प्रकाशित मिति : बिहीबार, भदौ ११, २०८३ | १५:४७:५८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया