नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम पनि घट्दै ८ अर्ब ९९ करोडमा सीमित
जलसरोकार
काठमाडौँ : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन लगातार बढेको नेप्से यस दिन भने ओरालो लागेको हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबार नेप्से परिसूचक १३.४६ अंकले घटेर २८३७.७७ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.३९ अंकले घटेको छ भने फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि १.२६ अंकले घटेका छन्।
बजारसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन बिहीबार ९ अर्ब ९१ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा शुक्रबार ३३५ वटा स्टकको ९७ हजार ४८० पटकको कारोबारमा ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार रुपैयाँ बराबरको २ करोड १० लाख ८७ हजार कित्ता शेयर किनबेच भएको छ।
यस दिन ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको शेयर सर्किट लेभलमा पुगेको हो। पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्ट भने शुक्रबारदेखि कारोबारमा आएका नयाँ कम्पनी हुन्।
त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य करिब ९.५ प्रतिशतले बढेको छ भने हिमालयन हाइड्रोपावरको शेयरमूल्य करिब ८.५ प्रतिशतले उकालो लागेको छ। उता एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य भने सर्वाधिक ४.१७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शुक्रबार नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ५१ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै रिलायन्स स्पिनिङ्ग मिल्सको करिब ४३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने रिडी पावर डेभलपमेन्टको कारोबार रकम ३८ करोड रुपैयाँ नाघेको छ।
उपसमूहगत रुपमा हेर्दा १३ मध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.५९ प्रतिशतले बढेको छ भने जलविद्युत उपसमूहमा सामान्य सुधार देखिएको छ। यता लगानी, अन्य र व्यापार उपसमूहको परिसूचक भने १ प्रतिशतभन्दा बढीले घटेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य