नेप्से २८ सय नाघ्यो, कारोबार रकम ८ अर्बभन्दा बढी
जलसरोकार
काठमाडौं : सेयर बजारमा बुधबार उल्लेखनीय सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.१२ अंकले बढ्दै २८०२ अंकमा पुगेको छ। बन्द हुँदाको यही अंक कारोबार अवधिभरकै उच्च बिन्दु बनेको छ। अघिल्लो दिन नेप्से २.६१ अंकले घटेको थियो।
बजारसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ६ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ८ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आज २५१ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको घट्यो भने दुई कम्पनीको मूल्य स्थिर रह्यो। सबै उपसमूहका सूचकहरू हरियाली भएका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.८७ प्रतिशतले बढेको छ।
त्यसैगरी बैंकिङ समूह १.१५ प्रतिशत, विकास बैंक १.९८ प्रतिशत, फाइनान्स १.४५ प्रतिशत, होटल तथा पर्यटन २.५६ प्रतिशत, हाइड्रोपावर २.६१ प्रतिशत, लगानी १.३५ प्रतिशत, जीवन बीमा १.३१ प्रतिशत, माइक्रोफाइनान्स १.२८ प्रतिशत, निर्जीवन बीमा १.०१ प्रतिशत, अन्य ०.१५ प्रतिशत तथा व्यापार समूह ०.६१ प्रतिशतले वृद्धि भएका छन्।
आज सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक रहेका छन्।
यस्तै सान्भी इनर्जी को सेयर मूल्य ९.२२ प्रतिशत तथा बन्दीपुर केबुलकार को ८.१८ प्रतिशतले बढेको छ।
उता स्वेत गंगा हाइड्रोपावर को सेयर मूल्य ४.३५ प्रतिशत, माइखोला हाइड्रोपावर को ३.२३ प्रतिशत तथा थ्रीस्टार हाइड्रोपावर को २.२८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेसनल हाइड्रोपावर अग्रस्थानमा रहेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो