लगातार ओरालो यात्रामा नेप्से, परिसूचक १६.५४ अंकले घट्दा कारोबार पनि खुम्चियो
जलसरोकार
काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। गत साताको पहिलो कारोबार दिनदेखि सुरु भएको गिरावटको क्रमलाई निरन्तरता दिँदै नेप्से यस दिन १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा झरेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स १.८४ अंक, फ्लोट इण्डेक्स १.०२ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंकले घटेका छन्।
परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन शुक्रबार ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३५१ वटा स्टकको ४४ हजार ९४२ पटकको कारोबारबाट २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरका ७६ लाख ९९ हजार कित्ता शेयर किनबेच भएका छन्।
कारोबारका क्रममा टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बालिङ्ग हाइड्रोपावर, स्नो रिभर्स लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। यता, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरै ५.८३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रहँदै ८ करोड ८३ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ। सोपान फर्मास्यूटिकल्सको करिब ९ करोड रुपैयाँ तथा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे ८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका सबै १३ उपसमूहका परिसूचक राताम्मे बने। सबैभन्दा धेरै निर्जीवन बीमा उपसमूह १.३९ प्रतिशतले घट्दा वित्त, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना