लगातार चौथो दिन पनि घटेर बन्द भयाे नेप्से
जलसरोकार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार लगातार चौथो कारोबार दिन पनि घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि जारी गिरावटलाई निरन्तरता दिँदै नेप्से यस दिन १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा झरेको हो।
बजारसँगै अन्य सूचकहरू पनि ओरालो लागेका छन्। यस दिन सेन्सेटिभ इण्डेक्स २.३१ अंक, फ्लोट इण्डेक्स ०.९७ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७७ अंकले घटेका छन्।
कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३३७ कम्पनीका ७५ लाख ४८ हजार कित्ता शेयर ४४ हजार ६५१ पटक खरिदबिक्री हुँदा कुल ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन एभरेष्ट कलर कम्पनीको शेयर मूल्य लगातार नवौँ कारोबार दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कम्पनीको शेयर मूल्य १४८ रुपैयाँ ५० पैसा बढेर प्रतिकित्ता १ हजार १३८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।
यता, कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि १२.५ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो। कम्पनीको २४ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको करिब १५ करोड ५० लाख रुपैयाँ र रिडी पावर कम्पनीको १० करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहगत रूपमा हेर्दा १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत् उपसमूह सर्वाधिक १.२० प्रतिशतले घटेको छ। विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लाग्दा अन्य उपसमूहहरूको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना