सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक विराजभक्त श्रेष्ठ नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सामान्य सुधारसहित नेप्से २७८२ विन्दुमा बन्द, कारोबार रकम घट्यो

जलसरोकार
बिहीबार, चैत १९, २०८२ | १५:४८:५९ बजे

 

काठमाडौं  : साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन उच्च अंकले घटेको बजार बिहीबार भने केही सुधारसहित बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा पुगेको छ। यस दिन फ्लोट इण्डेक्स ०.०१ अंकले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंकले घटेको छ।

परिसूचक बढे पनि बजारको कारोबार रकम भने घटेको छ। बुधबार १२ अर्ब १० करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा बिहीबार ३२८ स्टकको १ लाख ३ हजार २२५ पटकको कारोबारमा ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार रुपैयाँबराबरको २ करोड १३ लाख १८ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन ६ वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सकारात्मक सर्किट लाग्ने कम्पनीहरूमा रिलायन्स स्पिनिङ्ग मिल्स, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर र होटल फरेष्ट इन रहेका छन्।

त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब साढे ७ प्रतिशतले बढेको छ भने श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको शेयर मूल्य साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ। कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्य भने यस दिन सबैभन्दा बढी ३.०६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३५ करोड ७० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसपछि ङादी ग्रुप पावरको करिब ३१ करोड रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे २९ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये बिहीबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५३ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.७६ प्रतिशतले बढेको छ। बैंकिङ्ग, वित्त, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने सामान्य रूपमा घटेका छन्।

प्रकाशित मिति : बिहीबार, चैत १९, २०८२ | १५:४८:५९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया