सामान्य गिरावटसँगै नेप्से बन्द, कारोबार रकम पनि घट्यो
जलसरोकार
काठमाडौँ : मंगलबार सेयर बजार परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार उल्लेख्य रूपमा बढेको नेप्से परिसूचक यस दिन भने हल्का गिरावटसहित बन्द भएको हो।
यस दिन नेप्से परिसूचक २.६१ अंक घटेर २७५७.४० विन्दुमा झरेको छ। त्यसैगरी सेन्सेटिभ इण्डेक्स ०.७८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंकले घटेका छन्।
बजारसँगै कारोबार रकम पनि घटेको छ। सोमबार १० अर्ब ९२ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३४५ कम्पनीका ८१ हजार ५८२ पटकका कारोबारबाट ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड ७४ लाख ६ हजार कित्ता सेयर किनबेच भएको छ।
यस दिन ६ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। सकारात्मक सर्किट लाग्ने कम्पनीहरूमा भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इन रहेका छन्। यस्तै त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्य साढे ८ प्रतिशतभन्दा बढीले बढेको छ।
कारोबारमा आएको एनआईबिएल ग्रोथ फण्डको इकाई मूल्य सर्वाधिक ७.०८ प्रतिशतले घटेको छ भने अन्य घटेका कम्पनीहरूको गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २४ करोड २२ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ भने आँखु खोला जलविद्युत कम्पनीको साढे २३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
उपसमूहगत रूपमा हेर्दा १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.०८ प्रतिशतले बढेको छ। बैंकिङ, हाइड्रोपावर र अन्य उपसमूहमा सामान्य वृद्धि देखिएको छ भने व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी १.८८ प्रतिशतले घटेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सामान्य गिरावटसँगै नेप्से बन्द, कारोबार रकम पनि घट्यो
-
२ दिन बिदा र विद्युत्को उच्च मागको व्यवस्थापन
-
किरण पण्डित राष्ट्र बैंकका डेपुटी गभर्नर नियुक्त
-
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार छुट गर्ने सरकारकाे निर्णय
-
नेपाल टेलिकमको सेवामा सुधार, अब डाटा सकिँदा स्वतः पैसा नकाटिने
-
नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ बजारमा कारोबार ?