नेप्से ८ महिनाकै उच्च विन्दुमा, कारोबार केही घट्दा पनि बजार उत्साहित
जलसरोकार
काठमाडौं : मंगलबार परिसूचक नेप्से ८ महिनाकै उच्च विन्दुमा पुगेको छ । आज परिसूचक २३ दशमलव ८३ अंकले बढ्दै २९६० अंकमा पुगेको हो । यो स्तर गत साउन १३ यताकै उच्च हो ।
कारोबार रकममा भने केही कमी आएको छ । अघिल्लो दिन १५ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १४ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ ।
आज १३६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ । समूहगत रूपमा व्यापार समूह सबैभन्दा धेरै ९ दशमलव १२ प्रतिशतले बढेको छ । यस समूहमा सूचीकृत कम्पनीमध्ये विशाल बजार कम्पनी लिमिटेड को मूल्य ९ दशमलव ९१ प्रतिशतले बढेपछि समूहमा उल्लेख्य वृद्धि देखिएको हो ।
अन्य समूहतर्फ बैंकिङ ० दशमलव ६७, विकास बैंक १ दशमलव ३८, फाइनान्स ० दशमलव ५१, हाइड्रोपावर १ दशमलव ३२, लगानी ० दशमलव ११ र उत्पादन तथा प्रशोधन समूह ० दशमलव ८६ प्रतिशतले बढेका छन् ।
यस्तै होटल तथा पर्यटन ० दशमलव १७, जीवन बीमा ० दशमलव ३७, माइक्रोफाइनान्स ० दशमलव ४६, निर्जीवन बीमा ० दशमलव ३८ तथा अन्य व्यापार समूह ० दशमलव १६ प्रतिशतले घटेका छन् ।
आज ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ती कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सालपा विकास बैंक लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड र होटल फरेस्ट इन लिमिटेड रहेका छन् ।
गिरावटतर्फ फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड को सेयर मूल्य सबैभन्दा धेरै ६ दशमलव ५६ प्रतिशतले घटेको छ । त्यस्तै मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड ५ दशमलव ११ प्रतिशत र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ४ दशमलव ५३ प्रतिशतले घटेका छन् ।
कारोबारका आधारमा राधि विद्युत् कम्पनी लिमिटेड, एपीआई पावर कम्पनी लिमिटेड, एचआईडीसीएल प्रमोटर शेयर, ङादी ग्रुप पावर लिमिटेड र शिवम् सिमेन्ट लिमिटेड अग्रस्थानमा रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य