७ महिनायताकै उच्च विन्दुमा नेप्से, बजारमा उत्साह
जलसरोकार
काठमाडौँ : साताको पहिलो कारोबार दिन सेयर बजारमा उत्साहजनक उछाल देखिएको छ । नेप्से परिसूचक आइतबार ५४.५१ अंकले बढेर २९३१.५५ विन्दुमा पुगेको छ, जुन करिब सात महिनायताकै उच्च स्तर हो । यसअघि साउन १४ गते परिसूचक २९५४.१४ विन्दुमा पुगेको थियो ।
पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर बढ्दै आएको बजारले आइतबार पनि सोही लय कायम राखेको हो। सेन्सेटिभ इण्डेक्स ११.११ अंकले बढ्दा फ्लोट इण्डेक्स ४.०६ र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.८२ अंकले वृद्धि भएका छन् ।
बजारसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । ३६४ स्टकको दुई लाख चार हजारभन्दा बढी पटकको कारोबारमा रु २३ अर्ब ५९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ, जुन पनि करिब सात महिनायताकै उच्च हो । यसअघि साउन ११ गते करिब रु २६ अर्ब ५७ करोड बराबरको कारोबार भएको थियो ।
यस दिन सात कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अभियान लघुवित्त वित्तीय संस्था, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इन का शेयर सर्किटमा कारोबार भएका हुन् ।
त्यस्तै विजय लघुवित्त वित्तीय संस्था को शेयरमूल्य करिब १० प्रतिशतले बढ्दा एनआईसी एशिया लघुवित्त को मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। विपरीत, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड को इकाईमूल्य ५.७१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहँदा शिवम् सिमेन्ट्स को कारोबार रकम पनि ७५ करोड रुपैयाँ नाघेको छ ।
उपसमूहगत रूपमा १३ मध्ये १२ उपसमूहको परिसूचक बढेको छ। लघुवित्त उपसमूह सर्वाधिक ४.२१ प्रतिशतले बढ्दा होटल तथा पर्यटन उपसमूह ३ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। बैंकिङ्ग, विकास बैंक, वित्त, जीवन बीमा र निर्जीव बीमा उपसमूहहरू पनि २ प्रतिशतभन्दा बढीले बढेका छन् । व्यापार उपसमूह भने सामान्य रूपमा घटेको छ ।
समग्रमा, परिसूचकसँगै कारोबार रकममा देखिएको वृद्धि र अधिकांश उपसमूहको सकारात्मक प्रदर्शनले बजारमा लगानीकर्ताको आत्मविश्वास बलियो बन्दै गएको संकेत गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य