नेप्से २७१६.६६ विन्दुमा, चारैतिर हरियाली
जलसरोकार
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज मंगलबार ३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा पुगेको छ ।
आज ७ अर्ब ४४ करोडभन्दा बढीको सेयर खरिद-बिक्री भयो । हिजो सोमबार ६ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको थियो।
आज कारोबार भएका २४४ कम्पनीमध्ये २०६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ।
आज मूल्यमा सर्किट लागेका कम्पनीहरुमा सपोर्ट माइक्रो फाइनान्स, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर र कुथेली बुखारी स्माल हाइड्रोपावर छन् ।
मंगलबार बैंकिङ १.२०, विकास बैंक ०.४९, हाइड्रोपावर १.९७, लगानी १.१३, जीवन बिमा १.०२, होटल तथा पर्यटन ०.६४, उत्पादन १.०८, माइक्रोफाइनान्स ०.८५, निर्जीवन बिमा ०.८१, फाइनान्स १.५१, अन्य १.६८ र व्यापार समूह १.२९ प्रतिशत बढेका छन्।
सोमबार १५.८३ अंक र मंगलबार ३३.४१ अंक गरेर दुई दिनमा नेप्से ४९.२४ अंकले बढेको थियो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती
-
काबेली-३ जलविद्युत आयोजना अन्तिम चरणमा, चैतको सुरुवातमै विद्युत उत्पादनको लक्ष्य
-
सेयर बजार २६ सयभन्दा तल झर्यो, कारोबार रकम भने केही बढ्यो
-
काम अलपत्र पारे ठेक्का रद्द गरिने : मन्त्री घिसिङ
-
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
-
हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?