नेप्सेले शेयर कारोबारको नयाँ कार्यतालिका सार्वजनिक
जलसरोकार
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले शेयर कारोबार सञ्चालन सम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। गत चैत २२ गते बसेको मन्त्रीपरिषद्को बैठकको निर्णयअनुसार शेयर कारोबारको समय र दिनमा परिवर्तन गरिएको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार, सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा रहने र कार्यालय समय बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कायम रहने भएको छ।
नेप्से सञ्चालक समितिको चैत २२ गतेको बैठकले सरकारको निर्णयलाई कार्यान्वयन गर्दै, शेयर बजार सोमबारदेखि शुक्रबारसम्म साविककै समयमा खुला हुने निर्णय गरेको छ।
यसअघि शेयर कारोबार आइतबारदेखि बिहीबारसम्म सञ्चालन हुँदै आएकोमा, अब आइतबार सार्वजनिक बिदा हुने भएकोले कारोबार बन्द रहनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो