नेपालगञ्ज भन्सारले १० महिनामा ६८ प्रतिशत राजस्व संकलन
जलसरोकार
नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा वार्षिक लक्ष्यको करिब ६८.२ प्रतिशत राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार लक्ष्य पूरा गर्न बाँकी दुई महिनामा करिब ३२ प्रतिशत राजस्व संकलन गर्नुपर्ने चुनौती रहेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि भन्सार कार्यालयलाई रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार राजस्व संकलनको लक्ष्य निर्धारण गरिएको थियो। गत वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार संकलन भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले जानकारी दिए ।
कार्यालयका अनुसार चालु आवका महिनागत लक्ष्यहरू कुनै पनि महिनामा पूर्ण रूपमा पूरा हुन सकेका छैनन्। यद्यपि पछिल्ला दुई महिना चैत र वैशाखमा भने राजस्व संकलनमा सुधार देखिएको छ।
मासिक विवरणअनुसार साउनमा ७४.१४ प्रतिशत, भदौमा ६९.७७ प्रतिशत, असोजमा ८७.८३ प्रतिशत, कात्तिकमा ७२.३० प्रतिशत, मङ्सिरमा ८३.४५ प्रतिशत, पुसमा ८३ प्रतिशतभन्दा बढी, माघमा ८८.२४ प्रतिशत, फागुनमा ८८.३२ प्रतिशत, चैतमा ९८.३७ प्रतिशत र वैशाखमा ८५.३८ प्रतिशत राजस्व संकलन भएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व संकलन गरेको थियो भने अघिल्लो वर्ष २०८०/८१ मा ६३.३५ प्रतिशत मात्र संकलन भएको थियो।
नेपाल–भारत सीमा जमुनाह नाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयात–निर्यात बढ्ने अपेक्षा गरिए पनि पछिल्ला वर्षहरूमा भन्सारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार पछिल्ला महिनामा सुधार देखिए पनि लक्ष्य पूरा गर्न अन्तिम दुई महिनामा उच्च दरमा राजस्व संकलन गर्नुपर्ने अवस्था छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै