राष्ट्र बैंकको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस
जलसरोकार
काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार गरिएको पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बुझाएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले सोमबार अर्थमन्त्री वाग्लेसमक्ष उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
नेपाल राष्ट्र बैंक ले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार सरकारलाई वार्षिक बजेट तर्जुमा गर्न सहयोग पुग्ने उद्देश्यले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाबारे प्रतिवेदन पेस गर्ने कानुनी व्यवस्था रहेको जनाएको छ।
उक्त प्रतिवेदनमा देशको समग्र आर्थिक अवस्था, वित्तीय क्षेत्रको अवस्था, मौद्रिक सूचक, बजारको अवस्था तथा आगामी आर्थिक वर्षका सम्भावित चुनौती र अवसरबारे विश्लेषण समेटिएको जनाइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य