बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, अधिक तरलता व्यवस्थापनमा सक्रियता
जलसरोकार
काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार बजारबाट पैसा खिच्ने प्रक्रिया अघि बढाएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंक तथा वित्तीय संस्थाबाट ठूलो मात्रामा तरलता व्यवस्थापन गरिरहेको हो।
राष्ट्र बैंकले आज जेठ २२ गते फेरि ७० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत बैंकिङ प्रणालीबाट तान्ने भएको छ। यसका लागि दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा बाँकी नजाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलन उपकरणको बोलकबोल ब्याजदरमा आधारित हुनेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
यो ७७ दिने निक्षेप संकलन उपकरण हो। यसको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ ५ गते गरिने राष्ट्र बैंकले जनाएको छ।
बजारमा अत्यधिक तरलता बढेपछि केन्द्रीय बैंकले पछिल्ला महिनाहरूमा नियमित रूपमा निक्षेप संकलन उपकरणमार्फत पैसा तान्दै आएको छ, जसलाई मौद्रिक व्यवस्थापनको महत्वपूर्ण औजारका रूपमा लिइन्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य