बैंकिङ प्रणालीमार्फत ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
जलसरोकार
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न निरन्तर रूपमा बजारबाट पैसा तान्ने क्रम जारी राखेको छ। यसै क्रममा केन्द्रीय बैंकले आज (जेठ २० गते) निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्ने भएको छ।
राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलनका लागि दिउँसो ३ बजे बोलकबोल (बिडिङ) हुने छ। बैंक तथा वित्तीय संस्थाहरूले यसमा सहभागी हुन सक्नेछन्।
निक्षेप राख्न इच्छुक संस्थाले न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ। बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने बहुब्याजदरमा पनि प्रस्ताव दिन सकिने राष्ट्र बैंकले जनाएको छ।
यो निक्षेप संकलन उपकरण ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि मात्र खुला गरिएको हो।
५६ दिन अवधिको यस निक्षेप संकलनको साँवा तथा ब्याज आगामी साउन १३ गते भुक्तानी गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
बजारमा तरलता बढी हुँदा मौद्रिक व्यवस्थापनका लागि राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा यस्ता उपकरण प्रयोग गर्दै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य