राष्ट्र बैंकले ८४ दिनका लागि ५० अर्ब बढीको तरलता खिच्दै
जलसरोकार
काठमाडौँ: नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरेको छ । आइतबार जारी गरिएको यो उपकरणमार्फत ८४ दिनका लागि अतिरिक्त तरलता खिचिने भएको हो ।
हालका दिनमा केन्द्रीय बैंकले छोटो अवधिका उपकरणभन्दा दीर्घकालीन निक्षेप संकलन उपकरणको प्रयोग बढाइरहेको छ । गत बुधबार मात्रै राष्ट्र बैंकले १७५ दिनका लागि २१ अर्ब ४५ करोड रुपैयाँ प्रणालीबाट खिचेको थियो ।
राष्ट्र बैंकका अनुसार शनिबारसम्म वित्तीय प्रणालीमा करिब ६२ अर्ब रुपैयाँ अतिरिक्त तरलता रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले अल्पकालीन रूपमा स्थायी निक्षेप सुविधा (क्म्ँ) मार्फत आफ्ना अतिरिक्त रकम केन्द्रीय बैंकमा राख्दै आएका छन् । क्म्ँ मार्फत राखिएको रकम उच्च अवस्थामा पुगेपछि केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप उपकरण प्रयोग गर्ने क्रम बढाएको हो ।
दीर्घकालीन निक्षेप संकलन कार्यक्रममा राष्ट्र बैंकले न्यून ब्याजदर प्रस्ताव गर्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकता दिँदै बाँडफाँड गर्छ । तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन, स्थायी निक्षेप सुविधा तथा अन्य उपकरणमार्फत बजारबाट पैसा खिच्ने र आवश्यकता अनुसार स्थायी तरलता सुविधा (क्ीँ) तथा रिपो प्रयोग गरी बजारमा तरलता पठाउने गर्दछ ।
तरलता पठाउँदा बैंक दर (उयष्अिथ अयचचष्मयच को माथिल्लो सीमा) बराबर ब्याजदर लिने केन्द्रीय बैंकले तरलता खिच्दा भने स्थायी निक्षेप सुविधा दर (उयष्अिथ अयचचष्मयच को तल्लो सीमा) अनुसार ब्याज दिन्छ। हाल बैंक दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत कायम छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो