सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम नबिल बैंक पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

फेरि ३० अर्ब रुपैयाँको तरलता खिच्दै राष्ट्र बैंक

जलसरोकार
बुधबार, जेठ ०६, २०८३ | ११:५३:०५ बजे

 

काठमाडाैं : नेपाल राष्ट्र बैंकले आज फेरि ३० अर्ब रुपैयाँ बराबरको तरलता बजारबाट खिच्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता (excess liquidity) बढेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको हो।

राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे बोलकबोल (bidding) प्रक्रिया सञ्चालन गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि ५ करोड रुपैयाँले भाग गर्दा निःशेष हुने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलका आधारमा निर्धारण गरिनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले एकभन्दा बढी ब्याजदरमा पनि बहुबोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।

यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ।

यो ९१ दिन अवधिको निक्षेप संकलन उपकरण हो। संकलित रकमको साँवा तथा ब्याज आगामी भदौ ३ गते भुक्तानी गरिने जनाइएको छ।

बैंकिङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्दै ब्याजदर स्थिरता कायम राख्ने उद्देश्यसहित राष्ट्र बैंकले यस्ता उपकरणमार्फत नियमित रूपमा बजारमा हस्तक्षेप गर्दै आएको छ।

प्रकाशित मिति : बुधबार, जेठ ०६, २०८३ | ११:५३:०५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया