बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्दै नेपाल राष्ट्र बैंक
जलसरोकार
काठमाडौँ : नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ४० अर्ब रुपैयाँ खिच्ने भएको छ। बजारमा तरलता अत्यधिक भएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो।
राष्ट्र बैंकले २१ दिनका लागि आज दिउँसो ३ बजे बोलकबोल (बिडिङ) प्रक्रिया मार्फत निक्षेप संकलन गर्ने जनाएको छ। यसमा सहभागी हुन सक्ने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा शेष नजाने गरी आह्वान गरिएको छ।
बोलकबोल प्रक्रियामा सहभागी बैंक तथा वित्तीय संस्थाले आफूले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ। ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ भने बहुब्याजदरमा पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यस प्रक्रियामा नेपाल राष्ट्र बैंक बाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
संकलित निक्षेपको सावाँ तथा ब्याज भुक्तानी बैशाख २ गते तोकिएको छ। यस कदमले बजारमा रहेको अतिरिक्त तरलता नियन्त्रण गरी वित्तीय स्थायित्व कायम गर्न सहयोग पुग्ने केन्द्रीय बैंकले जनाएको छ।
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले समय–समयमा यस्ता उपकरण प्रयोग गर्दै आएको छ, जसले बैंकिङ प्रणालीमा ब्याजदर सन्तुलन कायम राख्न मद्दत गर्दछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?