बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
जलसरोकार
काठमाडौं : बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले पुनः निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ तान्ने भएको छ । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल आह्वान गरिएको छ ।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन् । अधिकतम सीमा भने ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहनेछ । बोलकबोल ब्याजदरमा आधारित हुने र बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ ।
यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । निक्षेप संकलन उपकरण ४९ दिन अवधिको हुनेछ र यसको साँवा तथा ब्याज भुक्तानी आगामी असार ३ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न यस्ता उपकरण प्रयोग गर्दै आएको छ, जसले बैंकिङ प्रणालीमा ब्याजदर स्थिर राख्न तथा वित्तीय सन्तुलन कायम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य