राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप संकलन गर्ने
जलसरोकार
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज आईतवार ४० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ । बढी तरलता कायमै रहेकाले २१ दिनका लागि केन्द्रिय बैंकले बोलकबोलमार्फत फेरि निक्षेप संकलन गर्ने निर्णय गरेको हो ।
हाल कुल निक्षेप ७७ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीमा अधिक तरलता व्यवस्थापन र ब्याजदर स्थिर राख्न निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोलाएको ब्याजदरअनुसार सबैभन्दा कम दर बोल्ने रकमलाई प्राथमिकता दिई आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल हुनेछ भने ब्याजदर पनि बोलकबोलबाट निर्धारण हुनेछ ।
राष्ट्र बैंकका अनुसार आईतवार बोलकबोल हुने निक्षेपको सावाँ तथा ब्याज २०८३ वैशाख ६ गते भुक्तानी गरिनेछ । बोलकबोलमा न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँसम्म बोल गर्न सकिने व्यवस्था गरिएको छ ।
केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन तरलता स्थिति देखिएमा आवश्यक अनुसार बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्ने व्यवस्था छ । यही व्यवस्था अनुसार राष्ट्र बैंकले पटक–पटक निक्षेप संकलन गर्दै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य