सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

एकवर्षे ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

जलसरोकार
मंगलबार, असार १६, २०८३ | ११:३७:२२ बजे

 

काठमाडौं, : बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँबराबरको एकवर्षे ऋणपत्र जारी गर्ने भएको छ।

राष्ट्र बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ जारी गर्न लागेको हो। उक्त ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यस ऋणपत्रको बोलकबोल प्रक्रिया आज दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सञ्चालन हुनेछ। बोलकबोलबाट प्राप्त प्रस्तावका आधारमा ऋणपत्रको ब्याजदर निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।

एक वर्ष अवधि रहेको उक्त ऋणपत्रको साँवा २०८४ असार १६ गते भुक्तानी हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा उपलब्ध गराइनेछ।

राष्ट्र बैंकका अनुसार यसमा न्यूनतम ५ करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ। त्यसपछि ५ करोड रुपैयाँकै गुणकमा कुल आह्वान गरिएको रकमसम्म बोलपत्र पेश गर्न पाइने व्यवस्था छ।

जारी हुने यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ।

बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले समय–समयमा ऋणपत्र तथा निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता प्रशोधन गर्दै आएको छ।

प्रकाशित मिति : मंगलबार, असार १६, २०८३ | ११:३७:२२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया