अज पनि २५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
जलसरोकार
काठमाडाैं : नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ। राष्ट्र बैंकले अनलाइन बोलकबोल प्रणालीमार्फत दिउँसो ३ बजेसम्म बोलकबोल आह्वान गरेको हो।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा ऋणपत्र निष्कासन गरिनेछ। ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने यसको साँवा २०८४ असार १९ गते भुक्तानी गरिनेछ। ब्याज भने अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था छ।
राष्ट्र बैंकले न्यूनतम रु पाँच करोड र त्यसपछि रु पाँच करोडका दरले थप रकमका लागि कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाएको छ। उक्त ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ।
बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्। बोलकबोलबाट स्वीकृत भएको ब्याजदरका आधारमा ऋणपत्र बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार स्वीकृत ऋणपत्र लगानी पोर्टफोलियोमा समावेश हुनेछ। यद्यपि, यसलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नमिल्नेछ। भने वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातको गणनामा भने समावेश गर्न सकिने व्यवस्था गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?