अधिक तरलता व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
जलसरोकार
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २० अर्ब रुपैयाँबराबरको एकवर्षे ऋणपत्र जारी गर्ने भएको छ।
केन्द्रीय बैंकले आज (सोमबार) ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ जारी गर्न लागेको हो। उक्त ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै आवेदन दिन सक्नेछन्।
राष्ट्र बैंकका अनुसार ऋणपत्रका लागि आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल (अक्सन) हुनेछ। सोही बोलकबोल प्रक्रियाबाट ऋणपत्रको ब्याजदर निर्धारण गरिनेछ।
यो एक वर्ष अवधिको ऋणपत्रको साँवा २०८४ असार २२ गते भुक्तानी हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा प्रदान गरिनेछ।
यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँका लागि आवेदन दिन सकिनेछ। त्यस्तै, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको २० अर्ब रुपैयाँसम्म बोलपत्र पेश गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयका सय दिन : बिजुली होइन, अन्योल उत्पादन
-
साताको पहिलो कारोबारमै नेप्से २६.२९ अंकले घट्यो, सबै उपसमूह राताम्य
-
लगातार दोस्रो दिन घट्यो सुनचाँदीको मूल्य,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
अधिक तरलता व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
-
गत साता सामान्य सुधार गरेको नेप्से, यस साता कुन दिशामा जाला?
-
मनसुन सक्रिय, आज पनि देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना